दाङमा गोली प्रहार गरी सशस्त्र प्रहरीका जवानको हत्या, एक जना पक्राउ

दर्पण दैनिक २५ कार्तिक २०८०,१४:१७
post

दाङ । बिदाका बेला घर आएर मालुका पात टिप्न जंगल गएका सशस्त्र प्रहरीका १ जना जवानको गोली प्रहार गरी हत्या गरिएको छ । दाङको घोराही उपमहानगरपालिका–७ हर्निया घर भइ सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वार्टर तौलीहवा कपिलवस्तु दरबन्दी भएका सशस्त्र प्रहरी जवान २८ वर्षीय जगरु चौधरीको गोली हानी हत्या गरिएको हो । 

घरबिदामा आएका बेला मालुको पात टिप्न स्थानीय जनसेवा सामुदायिक वनमा गएका बेला चौधरीमाथि गोली प्रहार भएको थियो । गोली लागेर उनको जंगलमा नै मृत्यु भएको थियो । 

सशस्त्र प्रहरीका जवान चौधरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–५ बरलाटोल बस्ने ५५ वर्षीय शेरबहादुर केसी छन् । प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 


गोली प्रहार गरी चौधरीको हत्या गरेपछि फरार रहेका केसीलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । केसीलाई सोधपुछ गरी घटनामा प्रयोग भएको भरुवा बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा तथा बारुद जंगलको ओडारमा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका केसीविरुद्ध कर्तव्य जान तथा हातहतियार खरखजानासम्बन्धी कुसरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: