महोत्तरी । चिसोबाट प्रभावित मुसहर र डोम समुदायका नागरिकलाई नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकले मण्डी (कम्बल) वितरण गरेको छ । चिसोबाट प्रभावित मटिहानी नगरपालिका वडा नं ४ र ९ मा रहेका मुसहर र डोम समुदायमा नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकले मण्डी (कम्बल) वितरण गरेको हो ।
यसै क्रममा श्री राम मावि मटिहानीमा आयोजित एक कार्यक्रम बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकका प्रमुख सेनानी बिनोद बिकास पाठक, शसस्त्र प्रहरीका एसपी बिनोद केसी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारीले संयुक्त रुपमा बितरण गरे ।
नेपाली सेनाले प्रत्येक वर्ष चिसोबाट प्रभावित स्थानीयहरुलाई मण्डि बितरण गर्ने कार्यक्रम अन्तर्गत आज मटिहानी नगरपालिका वडा नं ४ र ९ मा रहेका मुसहर र डोम समुदायका १२३ नागरिकहरूलाई सो मण्डि बितरण गरिएको कुरा नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकका प्रमुख सेनानी बिनोद बिकास पाठकले बताए ।
उक्त मण्डि बितरण कार्यक्रममा वड़ा नं ४ का वडा अध्यक्ष अब्दुल गफार राइन, वड़ा नं ९ का वडा अध्यक्ष मदन चौधरी, वडा सदस्यहरु समाज सेवी मुसाफिर सहनी लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google