महोत्तरीको एनएमबी बैंकमा लुटपाट

दर्पण दैनिक १६ जेष्ठ २०८०,१६:१०
post

महोत्तरी । महोत्तरीको एनएमबी बैंकमा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका- २ मा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो लुटपाट भएको हो । हातहतियारसहित आएका चार जनाको समूहले बैंकको रकम लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार कति रकम लुटिएको हो भन्ने विषयमा खुल्न सकेको छैन । बैंकले भने ३५ लाख रुपैयाँजति लुटपाट भएको बताएको छ । 

प्रहरी घटनास्थल पुगेको र थप अनुसन्धान सुरु गरेको डीएसपी गिरीले बताए । उनका अनुसार रकम लुटेेर फरार भएकाहरूको खोजी भइरहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: