
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन् । गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन् ।
यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन् ।
११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ । त्यसैले मुख्यमन्त्री लामाले विश्वासको मत पाउने निश्चित छ ।सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कुल ११० प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google