
काठमाडौं । साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । साझा यातायातले आज एक सूचना जारी गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।
त्यस्तै, सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० (दस) वर्षको अनुभव हासिल गरेको साझाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
सूचना प्रकाशन मितिले ३५ दिन कार्यालय समयभित्र साझा यातायातको केन्द्रीय कार्यालय पुलचोक, ललितपुरमा आवेदन दिन सूचना प्रकाशन गरिएको छ । कम्तीमा ३५ वर्ष उमेर पूरा भई ५८ वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google