एनआईसी एसिया बैंककाे ब्राण्ड प्रमोटरमा अन्जन राना मगर नियुक्त

दर्पण दैनिक २५ बैशाख २०८१,०६:४३
post

काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् ।

एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । उपविजेता बन्न सफल टोलीका खेलाडी जनही २५ हजार रुपैयाँबाट सम्मानित भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यस्तै राष्ट्रिय टिमकी गोलकिपर अन्जन राना मगरलाई एनआईसी एसिया बैंकले ब्राण्ड प्रमोटर नियुक्त गरेको छ । पहिलो पटक वाफ महिला च्याम्पियनसिप खेलेको नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो ।

तर फाइनलम जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएर उपविजेता बनेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: