सहमतिपछि पाथीभरा आन्दोलन स्थगित, यी हुन् सहमतिका बुँदा

दर्पण दैनिक २३ माघ २०८१,०७:३५
post

काठमाडाैँ । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबुलकार निर्माणका क्रममा भएको आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने सहमति भएको छ । सहमतिसँगै कोशी प्रदेशका ९ जिल्लामा जारी आन्दोलनका कार्यक्रम पनि स्थगित भएका छन् । 

गृह मन्त्रालयको वार्ताटोली र आन्दोलनकारीका प्रतिनिधिहरूबीच मंगलबार भएको वार्तामा सहमति जुटेको हो । पाथीभरा केबुलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।   

यी हुन् सहमतिका बुँदा

१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने ।

२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।

३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।

६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: