
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीलाई समेत बीमाको दायरामा ल्याएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरेर सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।
अहिलेसम्म सामाजिक सुरक्षा कोषले मात्रै दम्पतीको उपचार खर्च बेहोर्दै आइरहेको थियो । यही वर्षको फागुन महिनादेखि भने सञ्चय कोषले समेत दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।सञ्चय कोषले सञ्चयकर्तालाई सामान्य रोग लागेमा १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ ।
यस्ताे छ, सुचना
सञ्चयकर्ता स्वास्थ्य उपचार योजना सम्बन्धी जरूरी सूचना
कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढिमा रु. १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा रु. १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आईरहेकोमा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरुमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराईने ब्यहोरा जानकारी गराइन्छ । साथै, साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति / पत्निलाई समेत समावेश गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः नयाँ व्यवस्था बमोजिमको अस्पतालहरुको सूची कोषको वेबसाईट www.epf.org.np मा हेर्न सकिनेछ । कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति / पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्नहुन समेत अनुरोध गरिन्छ ।
कर्मचारी सञ्चय कोष
निबृत्तभरण ब्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग ठमेल, काठमाण्डौ ।
सम्पर्क नम्बर ०१-५३२५३९५/९६/९७





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)









































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google