
काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल ७ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ५ रुपैयाँ प्रतिलिटरले मूल्य घटाएको छ । मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७१ रुपैयाँ तथा डिजेल र मट्टीतेल समान एक सय ५४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनले बुधबार दिउँसो पेट्रोल ६ रुपैयाँ ७५ पैसा र डिजेल ५ रुपैयाँ ९ पैसा प्रतिलिटर घटाएर पठाएका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google