
काठमाडाैं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएको छ । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान ११.८ प्रतिशतले घटाएको हो । अनुदान घटेसँगै अब किसानले किन्ने मलको भाउ बढ्नेछ ।
हाल रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँ बिक्री प्रयोजनको लागि तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो रकम खरिद मूल्यको आधारमा युरियामा ८० प्रतिशत, डीएपीमा ५९.०४ र पोटासमा ५८.२ प्रतिशत अनुदान हो ।
मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ पर्नेछ । ‘यसअघि समग्रमा ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९.०४ प्रतिशत कायम भएको छ । जसअनुसार साबिकको तुलनाामा करिब ११.८ प्रतिशत मात्र अनुदान मूल्य समायोजन हुन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो दरलाई अर्थ मन्क्रालयको निर्देशनअनुसार त्रमशः ५० प्रतिशतसम्म कायम गरिनेछ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google