सानिमा सेक्युरिटीजको कारोबार सुरु

दर्पण दैनिक ३० आश्विन २०८०,१२:३३
post

काठमाडौं । सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३)ले कारोबार सुरु गरेको छ । कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थालेको हो ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र सानिमा सेक्युरिटीजका सञ्चालकले संयुक्त रूपमा कारोबारको सुरुआत गरे ।

सानिमा सेक्युरिटीजले गएको साउन १० गते नेपाल धितोपत्र बोर्ड र भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: