चैत १ गते भृकुटिमण्डपमा सुरु हुँदै २५औँ फ्लोरा एक्स्पो

दर्पण दैनिक २८ फाल्गुन २०८०,१६:३६
post

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा २५ औं फ्लोरा एक्स्पो (पुष्प मेला) २०८० हुने भएको छ ।  चैत १ गते बिहिबारदेखि ४ गतेसम्म सञ्चालन हुने २५ औं फ्लोरा एक्स्पो काठमाडौं भृकुटिमण्डपमा हुन लागेको हो । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना हुन लागेको एक्स्पोको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले गर्ने कार्यक्म तय भएको छ । 

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनको लागि हरेक बर्ष आयोजना हुँदै आएको एक्स्पोमा ६० वटा व्यवसायीक स्टल, ३ वटा ल्याण्डस्केपिङ्ग स्टल, ८ वटा अफिसियल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।  यस वर्षको पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्‌लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।


एक्स्पो विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइने मेला संयोजक पन्तले बताए । सो को मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने उनले बताए । 

उनले भने, ‘यसरी प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । साथै, हरेक बर्ष जस्तै यस बर्ष पनि विगत लामो समय देखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला उद्घाटन कै अवसरमा उक्त नर्सरी लाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।’

मेला अवधि भित्र ५० हजार भन्दा बढीले अवलोकन गर्ने तथा करिब १ करोडसम्मको व्यवसायिक कारोबार हुने अपेक्षा रहेकाे पन्तले बताए । मेला आयोजनाकै अवसरमा चैत्र ४ गते आइतबार, बिहान १० बजेबाट लाईन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरको सहकार्यमा रक्तदान कार्यक्रमको समेत आयोजना गरनिे उनले बताए । 


यस मेला, पुष्प उद्यमी÷व्यवसायी÷कम्पनीहरुको लागि आफुले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी बजार बिस्तार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरु बीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, बिश्व बजारमा विकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसंग आपसी सम्बन्ध स्थापना गर्न अवसर मिल्ने फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

उनले भने, ‘पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रबिधीबारे प्रचार प्रसार गर्न सघाउ पुग्नेछ । पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरु सबैका लागि यस मेला बृहत् साझा मञ्च हुने हामीले विश्वास लिएका छौं । यसका साथ साथै घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पुऱ्याउने  अपेक्षा छ ।’

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: