समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा पूर्वन्यायाधीश गौतम

दर्पण दैनिक २१ बैशाख २०८१,१३:४८
post

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवसथापन समिति अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ । २२ चैतमा समितिका ततकालीन अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएसँगै रिक्त भएकको समितिको अध्यक्षमा गौतम नियुक्त भएका हुन् ।

सोही मितिबाट समितिका दुई जना पदाधिकारी केशवराज आचार्य र डीबी बस्नेतको समेत कार्याकाल सकिएको थियो । २ वर्षको कार्यकाल पुरा गरि दाहाल बाहिरिएपछि रिक्त रहेको अध्यक्षमा नयाँ अध्यक्ष आएपनि रिक्त २ पदाधिकारी भने नियुक्त हुन बाँकी छ ।

सहकारी ऐन २०७४ मा समस्याग्रस्त सहकारीको सम्पत्ति खोजबिन तथा दायित्व फरफारकका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था गरिएको छ । ऐनको व्यवस्थाअनुसार संघीय सरकारले २९ पुस २०७४ मा ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: