स्मार्टफोन पोको एम ५ सार्वजनिक, कति पर्छ मूल्य ?

दर्पण दैनिक २ पुष २०८०,१३:०२
post

काठमाडौँ । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो । यो फोन ४ जिबी प्लस ६४ जिबीलाई मात्र रु. २०,४९९ र ६ जिबी प्लस १२८ जिबीलाई मात्र रु. २३,९९९ को आकर्षक मूल्यमा किन्न सकिनेछ  ।

पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेट सहित आउँदछ । यसमा ६ एनएमको प्रोसेसर छ भने यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृष्ट बनाउँछ ।  पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो ।


यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्ले सहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्दछ । साथमा सनलाइट डिस्प्लेले बाहिरी  वातावरणमा पनि उत्कृष्ट भिजिबिलिटी सुनिश्चित गर्दछ ।


फोटोग्राफीमा इच्छुक ग्राहकहरूका लागि पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । साथमा यस स्मार्टफोनको ५,००० एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्दतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्दछ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: