काठमाडौँ । नेपाल टेलिकमले रिचार्ज कार्ड तथा मोबाइल प्वाइन्ट अफ सेल (एमपस) र अन्य विभिन्न भुक्तानी एपमार्फत हुने रिचार्जमा बोनस दिएको छ ।
कम्पनीका अनुसार विभिनन दरका रिचार्ज कार्ड तथा एमपस र नमस्ते पे, इसेवा, खल्ती, आईएमई पेलगायत डिजिटल वालेटमार्फत रिचार्ज गर्न सकिन्छ ।
यसअनुसार कम्पनीले १८ गतेदेखि आगामी पुस १७ सम्म एमपस रिचार्जमा बोनस सुविधा दिएको हो ।
कम्पनीका अनुसार यसरी हुने ५० देखि ९९ रुपैयाँसम्म रिचार्जमा २० मिनेट अननेट भ्वाइस ३ दिनका लागि, १०० देखि १९९ रुपैयाँसम्म ५० मिनेट अननेट भ्वाइस ३ दिनका लागि, २०० देखि ४९९ रुपैयाँसम्म २ जीबी प्रतिदिन १ जीबी २ दिनका लागि र ५०० र यसभन्दा बढीको रिचार्जमा ८ जीबी प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि बोनस दिएको हो ।
यसबाहेक टेलिकमले नमस्ते सापटीको सुविधा समेत दिएको छ। प्रयोगकर्ताले स्टार्ट टाइप गरी १४७७ मा सन्देश पठाएर वा स्टार१४७७ ह्याक्स डायल गरी १ छनोट गरेर सापटी लिन सक्छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google