दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

दर्पण दैनिक १० फाल्गुन २०८१,०८:१६
post

पोखरा । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आज पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । 

दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा गरे । सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो ।

पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा गण्डकी क्षेत्रका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ । 

टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पनि राखिएको बताइएको छ ।

नयाँ सोरुम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दुकुमार थापाले अटोमोबाइलमा सेल्स, सर्भिस र स्पेयर्सको उत्तिकै महत्व हुने बताए । स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य पनि महत्वपूर्ण हुने उनले बताए । 

त्यसैगरी, नाडाका अध्यक्ष करण चौधरीले नेपालले विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी इभी भएको बताए । उनले नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको बताए । उनले दिपल पोखरा बजारले चाहने जस्तो डिजाइन र पर्फर्मेन्सले भरिएको पनि बताए ।
 
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी विक्री भइसकेको छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: