६ करोड लगानीमा काठमाडाैंमै खुल्याे ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क, टिकट शुल्क कति ?

दर्पण दैनिक १० मंसिर २०८०,१५:१२
post

काठमाडाैं । चन्द्रागिरी नगरपालिका ७ स्थित घुमाउनेटोलमा शनिबारदेखि  ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन  पार्क सञ्चालनमा ल्याइएको हो । 

६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ । यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली, बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भै उकुस-मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको,घुमफिर  गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले  ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताए। 


उनले भने, 'ड्रीमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो । यो एउटा सपनाको संसार नै हो । यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त बस्तु, चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू प्राप्त गर्न गर्न सकिन्छ । सबै उमेरका ब्यक्तिहरू यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै यहाँ भएको रेस्टुरेन्टमा विभिन्न परिकारहरू खाँदै  रमाउन सक्छन् ।'


नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवन भित्र धेरै सुबिधा प्राप्त गर्न सकिने गन्तव्यका रुपमा यसलाई विकास गरिएको जानकारी गराउंदै उनले  काठमाण्डौ उपत्यकाको भिडभाडबाट  केही पर गएर शान्त  प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चंद्रागीरिमा अवस्थित यो क्षेत्र आफैंमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने विश्वाश लिएको बताए ।

 
ड्रिम वर्ल्ड भित्रका आकृति तथा संरचनालाई क्रमश: थ्रीडी आयामको भ्रम (3D ILLUSION), दिव्य कोठा (DIVINE ROOM), भ्रमको हल (HALL OF ILLUSION), बलहरूको क्षेत्र (BUBBLE ZONE), बालबालिका क्षेत्र (KIDS ZONE), प्रेमको यात्रा (JOURNEY OF LOVE ), इन्टरगालेक्टिक स्पेस (INTERGALACTIC SPACE) गरेर सात सेग्मेण्टमा बाँडिएको छ । 

ब्यस्त जीवनबाट थकित र पट्यार लागेको मानसिकतालाई पुनर्ताजगी दिन, आफ्ना नानीबावुहरूलाई पनि केही सिक्न र सिकाउन Dream World Amusement एउटा उचित गन्तव्य बनेको देखिन्छ । भविष्यमा दर्शकको मागलाई ध्यानमा राखेर खेल तथा मनोरन्जनका लागि यहाँ अन्य थप प्राविधिक तथा सिर्जनात्मक वस्तु तथा प्रस्तुतिहरू जोड्दै जाने हो भने थप आकर्षण बढाउंदै जाने देखिन्छ। शनिवारदेखि  १  महिनासम्म सबै आगन्तुकहरूलाई सेवा सुरु भएको अवसरमा नियमित टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति रू ४५० मात्र कायम गरिएको जानकारी ड्रिम वर्ल्डले दिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: