काठमाडौँ । काठमाडौँको तारकेश्वरमा माउन्टेन ड्यु पिउनासाथ एक उपभोक्ता गम्भीर बिरामी परेको घटनाप्रति कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले गम्भीर चासो व्यक्त गरेकी छन् । उनले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै तत्काल कडा कारबाही र सूक्ष्म अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।
मन्त्री चौधरीले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तत्कालै फिल्डमा उत्रिएर कारबाही प्रक्रिया अघि बढाउन 'एक्सन' आदेश दिएकी हुन् । उनले कुनै पनि व्यावसायिक घराना वा कम्पनीले गुणस्तरमा सम्झौता गरे कानुनी कठघरामा उभ्याइने स्पष्ट पारेकी छन् ।
मन्त्रीको निर्देशन लगत्तै विभागको ‘र्यापिड रेस्पोन्स टिम’ (RRT) सक्रिय भई उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिको उद्योग परिसरमै पुगेर प्रारम्भिक छानबिन सुरु गरेको छ । मन्त्री चौधरीले बिरामी परेका उपभोक्ताले सेवन गरेको ब्याच नम्बर १६८ (उत्पादन मितिः ०३–०४–२६) का २५० मिलिलिटर प्याकका सम्पूर्ण उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न र तिनको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिएकी छन् ।
विभागीय अनुसन्धानका क्रममा मन्त्रीको निर्देशन बमोजिम बरुण बेभरेजलाई उक्त विवादित ब्याचमा प्रयोग भएका कच्चापदार्थको स्रोत, मिश्रणको विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण ल्याब रेकर्डहरू ५ दिनभित्र विभागमा पेस गर्न पत्राचार गरिएको छ । कम्पनीले बुझाउने विवरण र प्रयोगशालाको प्रतिवेदनका आधारमा थप कदम चालिने विभागले जनाएको छ ।
अनुगमन टोलीले उद्योगको गोदाममा छापा मारी सोही ब्याचको बाँकी रहेको २४ बोतल (१ क्रेट) बरामद गरी नमुना संकलन गरेको छ । उक्त संकलित नमुनालाई सरकारी प्रयोगशालामा वैज्ञानिक परीक्षणका लागि पठाइसकिएको छ । प्रयोगशालाको नतिजा नआएसम्म उक्त ब्याचका कुनै पनि पेय पदार्थ बजारमा पठाउन नपाइने गरी उद्योगलाई रोक लगाइएको छ ।
मन्त्री चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, ‘नागरिकको भान्छा र स्वास्थ्य सुरक्षित राख्नु सरकारको सर्वोच्च प्राथमिकता हो । प्रयोगशालाको रिपोर्टमा सामान्य मात्र पनि कैफियत देखिएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कम्पनीलाई हदैसम्मको कारबाही सुनिश्चित गरिनेछ ।’
मन्त्रीले आफ्ना डिलर र वितरण सञ्जाललाई समेत उक्त ब्याचको उत्पादन बिक्री नगर्न तत्काल सूचित गर्न कम्पनीलाई कडा चेतावनी दिएकी छन् । विभागले देशभरका आफ्ना एकाइहरूलाई सो ब्याचको उत्पादन बजारमा भेटिए जफत गर्न समेत सर्कुलर जारी गरेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)























































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google