पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गरिने

दर्पण दैनिक ५ जेष्ठ २०८०,१७:३८
post

काठमाडौं । सरकारले पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाउने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गरिने बताए । 

'पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई जेष्ठ पत्रकार सम्मानवृत्ति, द्दन्द्द पीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटनाको बिमाका साथै महिला पत्रकार एंव विभिन्न भाषाभाषी र समुदायका पत्रकारितालाई प्रोत्सहान गरिने छ' उनले भने । 

श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताए । खोज पत्रकारितालाई प्रोत्साहन गर्न आवश्यक व्यवस्था गरिने उनको भनाइ छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: