बेलबारीमा कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

दर्पण दैनिक १० मंसिर २०८१,१८:१५
post

काठमाडौं । कुमारी बैंकले मोरङको बेलबारीमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । यूएसएडसँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्धनका कार्यक्रम आयोजना गरेको हो ।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवर्धन तथा विकास हुने बैंकले जनाएको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: