साग र गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि....

दर्पण दैनिक १६ मंसिर २०८०,०९:१५
post

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ । उक्त क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् । 

समुन्द्र सतहदेखि करिब २ हजार उचाइमा रहेको यस स्थानमा रैथाने ‘अर्गानिक’ रायो साग खेती गरिएको हो। उक्त वडाका करिब २० घरधुरीले करिब ३० रोपनी क्षेत्रफलमा साग खेती गरेको स्थानीय किसान आशिक गुरुङले जानकारी दिए । सागको प्रति मुठा ५० रुपैयाँ र गुन्द्रुकको प्रति मुठा १०० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । उक्त मूल्यमा पाउँदा उपभोक्ताले खुसी भएर लैजाने गरेका छन् । 

दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरु बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको स्थानीय किसान एवं वडा सदस्यसमेत रहेका लक्ष्मण गुरुङले बताए ।

आफूले यसवर्ष ५ रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए । सुरुमा आफ्नो परिवारको लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् । 

करिब १५ दिनको अवधिमा १ लाख बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ। सुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रुपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताए ।

किसानले उत्पादन गरेका बस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्‍याउन सहजीकरण गर्दै आएको छ। किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेको आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए ।


गाउँपालिकाले किसानलाई बीउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा पालिकाले जिम्मा लिने प्रबन्ध मिलाइएको छ। चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले गुन्द्रुकको पनि उत्तिकै माग आउन थालेको छ। माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ। यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् । 


स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरुप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: