वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

दर्पण दैनिक ११ बैशाख २०८१,११:०३
post

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् ।


‘युवाहरू विदेश जाँदा जहाजभित्र घण्टौंसम्म भोकै बस्नुपर्ने अवस्था छ,’ मन्त्री अर्यालले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एकपटकको खानाको व्यवस्था गरिदिनुहोस् ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रमिकलाई खाना दिने विषयमा आफूहरू सकारात्मक भए पनि एयरलाइन्स कम्पनीहरूले व्यावसायिक फाइदालाई मात्र हेर्दा यस्तो अवस्था आएको बताए ।


‘एयरलाइन्सले व्यावसायिक फाइदामात्र हेर्दा श्रमिकहरु भोकै बस्नुपर्छ,’ उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउन नियम बनाउनुपर्छ ।’

नेपालबाट दैनिक औसत १ हजार ५०० श्रमिक मलेसिया र मध्यपूर्वका मुलुकमा जाने गर्दछन् । नेपालबाट यी मुलुकमा हिमालयन, नेपाल, मलिन्दो, मलेसिया, कतार, एयर अरेबिया, फ्लाइ दुबई लगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् । चार वटा एयरलाइन्सले मात्र अनिवार्य खाना दिने गरेको व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: