
काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार बजेट सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान ७ अर्ब भारु ( ११ अर्ब २० करोड नेपाली रुपैयाँ) राखिएको बताएकी हुन् ।
भारतको नियमित बजेट फेब्रुअरीमा आउने भए पनि नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।
वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google