बूढानीलकण्ठ प्रहरीलाई गोप्रो हस्तान्तरण

दर्पण दैनिक ७ चैत्र २०८०,०७:५८
post

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रभाग, बूढानीलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बीसीसी तथा सीएसआर विभाग प्रमुख सुशील पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक योग राज खतिवडालाई गाेप्राे हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकका सीएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारी तथा प्रहरी प्रभागका प्रहरीको उपस्थिति थियो । हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: