काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गरे । समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।
‘सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ । मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु,’ नेपालले भने, ‘यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छ र? सम्भवै छैन ।’
पार्टीको आगामी कार्यदिशाबारे चर्चा गर्दै नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए। ‘यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्। अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ,’ उनले भने, ‘सबै लोकतान्त्रिक शक्तिहरू र गणतन्त्रका पक्षधर शक्तिहरूलाई पनि साथमा लिएर जानुपर्छ।’
उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताए। ‘देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ। जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो,’ नेपालले भने।
पूर्खाहरूको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्नुपर्ने उनको भनाइ थियो।
‘जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तनको पक्षमा र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ। त्यसैका निम्ति हामीले वैज्ञानिक समाजवाद र नेपाली विशेषताको समाजवाद भन्ने गरेका छौँ,’ उनले भने, ‘यो बहुजातीय देश हो, बहुभाषिक देश हो। आफ्नै किसिमका संस्कृति र परम्पराहरू छन्। नेपाली जनताका आफ्नै गौरवशाली इतिहास छन्। नेपाल कहिल्यै पनि कुनै देशको उपनिवेश बनेन। त्यसैले हामी आफ्ना पुर्खाहरूप्रति गौरवबोध पनि गर्छौं।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)



































































































































































































































































































.jpg)















































































































































.jpg)






















































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google