सिके राउतकाे आक्राेश - 'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टै छातीमा गोली ठोक्यो;

दर्पण दैनिक १४ पुष २०८०,१८:००
post

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले यो भ्रष्ट सरकारले रोजगारी नदिई उल्टै छातीमा गोली ठोकेको बताएका छन् । ईपीएस विवादमा शुक्रबार प्रहरीको दमनबाट दुई जनाको युवाको मृत्यु भएको विषयलाई जोडेर राउतले यस्तो भनेका हुन् । 

उनी शनिबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहलाई श्रद्धाञ्जलि दिन अस्पताल पुगेका थिए । अस्पताल पुगेपछि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन,  रोजगारी दिएन । बाआमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसुल गर्न अवरोध खडा गर्‍यो र छातीमा गोली ठोकिदियो ।’   

उनले शुक्रबार मारिएका युवाहरू कुनै पार्टीका वा कुनै समूहका नभएको भन्दै नेताहरूको लुटतन्त्रसँग पनि दुस्मनी नभएको बताएका छन् । उनले लेखेका छन्, ‘आँखा खोल हो सरकार । यी युवाहरू कुनै पार्टीका, कुनै समूहका थिएनन्, कतैबाट परिचालित थिएनन्, तिमीहरूको मोजमस्ती र लुटतन्त्रसँग पनि दुस्मनी थिएन । उनीहरू त फगत आफ्नो पारिवारिक जिम्मेवारी निर्वाह गर्न, आफ्नो पेट पाल्न, परदेश जान चाहन्थे ।’ 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: