केपी ओली छिट्टै पक्राउ पर्दैछन् : मेटमणि चौधरी

दर्पण दैनिक ५ भाद्र २०८०,१९:४३
post

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेता मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गिरीबन्धु टी स्टेट्स प्रकरणमा ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । 


उनले एमाले अध्यक्ष ओली चाडैँ पक्राउ पर्ने समेत दाबी गरे । उनले भने ‘ओलीजी पक्राउ पर्ने होइन, चाडैँ समातिँदै छन् । त्यो कारणले प्रत्येक दिन सदन अवरोध गर्ने, अनेक बाहना निकाल्ने, अनेक कुरा गर्ने काम गरिरहेका छन् । समातिन्छौँ भनेर यो खालको बखेडा झिकिरहेका छन् ।’

ओली क्याबिनेटले नै गिरीबन्धु टी स्टेट्सबारे निर्णय गरेको हुनाले उनी नै दोषी भएको चौधरीले दाबी गरे । उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा नै क्याबिनेटले गिरीबन्धु टी स्टेट्स प्रकरणबारे निर्णय गरेको थियो । ओलीको मान्छे भूमि सुधारमन्त्री, त्यो क्याबिनेटले गरेको निर्णय, त्यसैले ओली नै दोषी हुन्, ओली समातिनुपर्छ ।’ सरकारले यही वर्ष ओलीलाई समात्ने उनको दाबी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि केही समयअघि झापाको बिर्तामोडस्थित  गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका थिए । यो जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई विभिन्न आरोप लागेको छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी स्टेटको नाममा रहको ३ ४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो ।

यस्तो बहुमूल्य जग्गा बेच्ने वातावरण तयार गरिदिन कानुन संशोधन गरेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लागेको छ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: