राज्य व्यवस्था समितिमा गृहमन्त्री रविको जवाफ - त्यहाँ मेरो नामबाहेक केही छैन

दर्पण दैनिक १४ चैत्र २०८०,१५:०३
post

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध दिइएको जाहेरी प्रहरीमा दर्ता नभएको दाबी गरेका छन् । उनले पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा पुगिसकेको र त्यहाँ आफ्नो नाम नरहेको बताए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार सहकारी ठगीमा आफ्नो संलग्नताबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले त्यहाँ आफ्नो नामबाहेक केही नभएको बताएका हुन् ।

‘सहकारी ठगीबारे यतिमात्र भन्न चाहन्छु, जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नाम बाहेक केही छैन । न हस्ताक्षर छ न ल्याप्चे छ । न मैले निवेदन दिएको छु, न केवाईसी छ। केही पनि भरिएको छैन’, लामिछानेले भने, ‘न कुनै पत्र पाएको छु । मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भइसकेको छ । म प्रतिवादी छैन । भएका प्रतिवादीको बयानमा पनि मेरो नाम उल्लेख भएको छैन ।’ 

लामिछानेले आफूविरुद्धको जाहेरी प्रहरीले सूचनाको लागि मात्र लिएको दावी गरे । ‘जाहेरी परेको छ, सूचनाको रूपमा दर्ता भएको भन्ने जानकारी आएको छ’, लामिछानेले भने । संसदीय समिति बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी ठगीमा जोडिएको रवि लामिछाने र गृहमन्त्री लामिछाने एउटै व्यक्ति हो/होइन भनेर सोधेका थिए । 

सहकारी ठगीमा रविको संलग्नताको यथेष्ट प्रमाण रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ । चैत १८ गते बस्ने बैठकमा संसदीय छानबिन समिति गठन नभए संसद अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: