अब रवि लामिछाने सुप्रिम सहकारीको मुद्दा अन्तिम किनारा नलागेसम्म थुनामै रहने

दर्पण दैनिक ११ जेष्ठ २०८२,०७:२०
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छबिला जोशीलाई थुनामा राख्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । यो सँगै रास्वपा सभापति लामिछाने अब सुप्रिम सहकारीको मुद्दा अन्तिम किनारा नलागेसम्म थुनामै रहने भएका छन् । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन माथी सुनुवाई गर्दै  बन्दीप्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेको हो ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै उनी पक्राउ परेका थिए । त्यसपछि लामिछाने पत्नि निकिता पौडेलले वैशाख ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, जिल्ला प्रहरी परिसर काठमाडौँ, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर निवेदन दिएकी थिइन् ।

वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो भने वैशाख २८ देखि जेठ ५ सम्मको पेशी हेर्न नमिल्नेमा परेको थियो । यस मुद्दामा रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, रमन श्रेष्ठ, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । छबिलाल जोशीको तर्फबाट भने बरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए । त्यस्तै, जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता गोबिन्द खनाललगायतले बहस गरेका थिए ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: