बारामा पराजित भएपछि रमेश खरेलले दिए यस्ताे प्रतिक्रिया

दर्पण दैनिक १३ बैशाख २०८०,१७:०४
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–२ मा उठेका रमेश खरेलले आफू पराजित भएर पनि जितेको बताएका छन् । आज आयोजित धन्यवाद कार्यक्रममा उनले आफू मधेसको 'कोर एरिया'बाट लडेर जितेको बताए ।

यद्यपि उनी पराजित भएका थिए । 'म मधेसको कोर एरियाबाट लडेको थिएँ । मैले २८०० मत ल्याएर जितेको छु । मैले ल्याएको भोट अर्गानिक हो,' उनले भने ।

उनले अहिले उपनिर्वाचनमा भएको जित देशको जित भएको पनि जिकिर गरे । 'रवि र स्वर्णिमले मात्र जितेको होइन । देशले जितेको छ । हिमाल, पहाड, मधेसले जितेको छ,' उनले भने । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: