काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै नेताहरू इमान्दार बन्न नसकेको बताए । सबैले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको उनले बताए ।
‘जे सुकै गर्न पहिलो कुरा इमान्दारिता हो । हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौं । देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौं,' उनले भने, 'हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौं । देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौं । यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन ।’ नेपालले संविधानमा अधिकारहरू थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google