
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । अर्यालले दुई मतले अच्युतम लामिछानेलाई पराजित गरेका हुन् । अर्यालले ४१६ मत ल्याए भने लामिछानेले ४१४ मत ल्याए ।
नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको हो ।नवनिर्वाचित सभापति अर्याल यसअघि प्रदेशको प्रवक्ता थिए। नुवाकोट–२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछाने यसअघि बागमती प्रदेश सभापति थिए ।
हेटौंडाका अर्याल बागमती प्रदेश समितिका प्रवक्ता थिए । पहिलो चरणको निर्वाचनमा सभापति र सदस्य निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा बाँकी पदाधिकारी छानिनेछन् ।
रास्वपाको विधानमा प्रदेश सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने छ । रास्वपा बागमतीमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा २ जनामात्रै प्रतिस्पर्धी थिए । त्यसमध्ये अर्यालले ५१ प्रतिशत मत ल्याएर सभापति निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google