काठमाडाैं । राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा राजा भन्ने शब्द प्रयोग गरेपछि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै लिङ्देनले राजाले लोकतन्त्र विरोधी के गतिविधि गरे भनेर प्रश्न गरेका थिए । ‘केही साथीले पूर्वराजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा छन् । निगरानी गर्नुपर्यो भनियोे । पूर्वराजाको कुन गतिविधि लोकतन्त्र विरोधी भयो ?’ लिङ्देनले भनेका थिए ।
त्यसपछि नियमापत्ति जनाउँदै माओवादी केन्द्रका सांसद दाहालले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google