मतदातासमक्ष सार्वजनिक सुनुवाइ गर्दै रवि, पार्टीको झन्डा, ब्यानर, लोगो नलगाइदिन अनुरोध

दर्पण दैनिक १६ आश्विन २०८१,११:४०
post

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यही असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता दिन असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने उनले जानकारी गराएका छन् । 

‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्य/समाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।’

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: