समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी र महासचिवमा रामकुमार एलन निर्वाचित, कसकाे कति मत ?

दर्पण दैनिक २८ जेष्ठ २०८०,०६:४६
post

काठमाडौं । समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न सो संगठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव शाहले १५ मत प्राप्त गरे ।

यसैगरी खुल्ला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए ।

उनका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरेका थिए ।

उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी भएका छन् । सचिव खुल्लामा शिवप्रसाद ढुंगाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित) मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन् । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट–प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिएका थिए ।

 


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: