जिवि राईलाई आकाश पाताल जहाँबाट भएपनि खोजेरै ल्याउने गृहमन्त्री रविकाे दावी

दर्पण दैनिक १० चैत्र २०८०,१८:३३
post

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजेको र आफूलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका हुन् । 

कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणबिना बोलेको भन्दै उनले कांग्रेसकै नेता तथा विज्ञहरूमाझ सार्वजनिक रुपमा यस विषयमा बहस गर्न तयार रहेको बताए । रास्वपा सभापति समेत रहेका लामिछानेले आफूले यसअघि नै छाडेको संस्थासँग जोडेर आफूलाई बिभिन्न प्रकरणमा मुछने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाँबाट भएपनि खोजेरै ल्याउने दावी गरे । सहकारी बचतकर्ताको रकम ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

त्यस्तै लामिछानेले बिभिन्न प्रकरणमा मारिएकाहरूलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने स्पष्ट पारे । जतिसुकै ठूला माछा भएपनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको धारणा राखे ।


उनले आफूहरू जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताए । लामिछाने मन्त्रीको जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरूलाई निर्देशन दिएको जिकिर गरे । सरकारमा रहँदा जनताको मतको दुरुपयोग नगर्ने उनको भनाइ छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: