१४ वर्षमै अनेरास्ववियू प्राक अध्यक्ष बनेकी संगीता एकीकृत समाजवादीको केन्द्रीय सदस्य

दर्पण दैनिक २१ श्रावण २०८१,०७:०२
post

काठमाडौँ । नेकपा (एकीकृत)समाजवादिको केन्द्रीय सदस्य पदमा संगीता तामाङ चयन भएकी छन् । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य पदमा चयन भएकी हुन । दोलखाबाट सक्रिय राजनीतिमा रहेकी उनले आफु थप सशक्त ढंगले देश र जनताको निम्ती अघी बढ्ने बताइन ।

दोलखा बोचमा विसं २०४५ मा जन्मिएकी हुन संगीता तामाङ निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र अर्थात आफू रहेको राजनीतिक दलमा प्रतिबद्ध एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचित छिन । जो परिवर्तका लागि विद्यार्थीदेखि नै दोलखाको सदरमुकाममा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा उभिइन् । 

जानेर या नजानेरै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेकी थिइन् । अनेरास्ववियू दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रीय तहमा नै चर्चाको पात्र थिइन् । विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल रेडक्रस सोसाइटी जुनियरबाट सामाजिक क्षेत्रमा हातेमालो गर्न थालेकी संगितालाई एमाले विद्यार्थी राजनीतिले थप उर्जा मिलेको थियो ।जस्ले उनको व्यक्तित्व विकाससँगै नेतृत्व विकासको नयाँ आयाम सुरु भएको थियो । त्यो समय २०५८ ताका थियो ।

वि.सं.२०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वर्षको कलिलै उमेर अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष भएकी थिइन् । यसरी उनको राजनीतिक यात्रा तय भएको थियो । २०६५ सालमा गौरीशकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्ष पद सम्हाल्न पुगेकी थिइन । अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहसम्म पुगेकी थिइन् । उर्जाशील संगिताले तामाङ समुदायको विभिन्न संघ संगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । 

संगिता,आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष समेत भएकी थिइन । नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छिन् । विद्यार्थी घेदुङका केन्द्रीय उपाध्यक्ष हुँदै अहिले उनी नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यका रुपमा क्रियाशील छिन् ।

नेकपा एससम्बद्ध महिला संघ बागमती प्रदेशकी सचिवको भूमिका निर्वाह गरिसकेकी उनी वर्तमान राजनीतिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिका राजनीतिक पृष्ठधार भएकी महिला नेतृत्व हुन् । 

गत स्थानीय तहको निर्वाचनको निम्ती उनी भीमेश्वर नगरको उपमेयर पदको लागि निर्वाचनमा भाग लिएकी थिइन । झिनो मतका साथ (३३९५ बदर १४३ मतान्तर) उनी निर्वाचनमा पराजय भोगिन । तर पनि उनी भिमेश्वरवासीका निम्ती काम गरिहेकी छिन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: