‘तेस्रो जनआन्दोलन समिति’ गठन, काे काे छन समितिमा ?

दर्पण दैनिक २३ माघ २०८०,१२:३८
post

काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित किरातयाक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको जानकारी गराइएको हो । उक्त समितिको संयोजक किराती रहेका छन् भने सदस्य सचिवमा कृष्ण चोङ्बाङ छन् ।  ‘तेस्रो जनआन्दोलन समिति’का सदस्यहरूमा विश्वेन्द्र पासवान, बुद्धराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एविराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविनथिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा. मित्र परियार र लोकेन्द्रराज थापा रहेका छन् । 

ब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चितताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।  त्यस्तै, संविधानमा व्यवस्था भएको गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्र नीति र भ्रष्टाचार अन्त्य, सुशासनका बाधक प्रमुख तीन दल रहेको समितिको ठहर छ । माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका आलोपालो दल र शासकहरू नै प्रतिक्रान्तिको कारक तत्त्व भएको समितिले उल्लेख गरेको छ । 

समितिले तीन ठुला दललाई जनआन्दोलन र मधेस आन्दोलनका उपलब्धि रक्षाका लागि सार्वजनिक आत्मालोचनासहित रूपान्तरणका लागि आग्रह गरेको छ । अन्यथा दलित, श्रमिक तथा विस्थापित वर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरूको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनीहरूको चेतावनी छ ।  साथै, कोशी लगायत बागमती, गण्डकी, कर्णाली जस्ता प्रदेशका नामहरू खारेज गरी पहिचानको आधारमा नामाङ्क नगरिनुपर्ने उनीहरूको माग छ । 

समितिका संयोजक गोपाल किरातीले ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलनको आवश्यकत्ता परेको बताए । उनले ब्राम्हणजनता र ब्राम्हणवादी सत्ता फरक भएको दाबी गरे । कांग्रेस, माओवादी र एमालेको रवैया प्रतिक्राति र ब्राम्हणवादी भएको उनको आरोप छ । आफूहरूले तीन ठुला दललाई एकपटक सच्चिनुस् भनेर भनिरहेको उनले बताए । आफूहरूले देशव्यापी रुपमा आन्दोलन चर्काउनचाहेको उनको भनाइ छ । उनले अब प्रतिक्रान्तिको भण्डाफोर गर्ने चेतावनीसमेत दिए । 

‘देशभरि पहिचान र समाजवादको आवश्यकताको संषर्घ चलिरहेको छ । देशव्यापी शक्ति जुटेर यो काम अगाडि बढाउन र प्रतिक्रान्तिको जुन तयारी भइराखेको छ, त्यस विरुद्ध भण्डाफोर गर्न । भौतिक रूपमै गइहाल्ने हाम्रो तयारी चाहिँ भएको छैन,’– किरातीले भने ।  २०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको मुद्दा त्यागेर अन्यत्र गएपछि आफूहरू छुट्टिएको उनको भनाइछ । माओवादीका कार्यकर्ता, घाइते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जीवितै रहेको उनको भनाइ छ । तर, नेतृत्वको तहमा सबै खाओवादी भएको र प्रचण्ड ढेडू खाओवादी बनेको उनको टिप्पणी छ । 

त्यसैगरी समितिका सदस्य सचिव कृष्ण चोङ्बाङले २०६२÷०६३ सालको आन्दोलन र जनताले लेखेको संविधान लागू भइसकेपछि पनि विभेदहरू कायमै रहनु कल्पना भन्दाबाहिरको कुरा भएको बताए । उनले विभेद र असमानता राज्य संयन्त्रबाटै लादिएको बताए । त्यसको विरुद्धमा जनताहरु आन्दोलित भइरहेको र राजनीतिक नेतृत्वले पनि सोच्ने बेला आएको उनको भनाइ छ । ‘हामीले गर्वका साथ राम्रो संविधान लेख्यौँ भनेर भन्यो । संविधान लागू हुँदा पनि विभेदहरू कायमै रहनु विडम्बना हो ।तपाईँ हामीले कल्पना गरेको व्यवस्था आउन बाँकी नै छ,’– उनले भने । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: