
काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चले शुक्रवार अन्तरक्रिया कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । लैङ्गिक समानता प्रवर्द्धनको लागि सरकार र सांसदहरूले रणनीतिक नीतिहरूमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने विषयहरूमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
देशको राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीहरूको अहम् भूमिका एवम् योगदान रहेको छ । महिला उद्यमशीलता विकासको लागी प्रभावकारी नीतिहरू र सांसदहरूको समर्थनमा नवीन औद्योगीकरणको विकास गर्न सकिन्छ भन्ने विषयहरूमा विचारहरू आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले यस आयोजनालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालका अन्य भागमा पनि यस्तै आयोजना बिस्तार गर्ने आशा व्यक्त गरे । उनले बेरोजगारी समस्या र युवाहरुको पलायनलाई सम्बोधन गर्न महिला उद्यमशीलता र हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताए ।
सांसद नारायणी शर्मा, सुमना श्रेष्ठ, बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईले महिलाका सामाजिक–आर्थिक मुद्दामा सांसदका रुपमा वकालत गर्न पाउँदा खुसी हुने बताएका छन् । बागमती प्रदेशका माननीय सांसद तथा दक्षिण एसियाली महिला विकास मञ्चका वरिष्ठ उपाध्यक्ष याङ्किला शेर्पाले हरित औद्योगिक पार्क मार्फत कसरी पर्यावरण पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने कुरा बताईन् ।
दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले सबै महिला सांसदलाई एकजुट भएर महिलाका मुद्दाका लागि काम गर्न आग्रह गरिन् । उनले महिला उद्यमी हरित औद्योगिक पार्क ऐन विषय सदनमा उठाउन सांसदलाई आग्रह गरिन् जसले अन्य सबै छ वटा प्रान्तमा यस्तै पार्कहरू स्थापना गर्न मद्दत गर्न सक्छ। उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा केन्द्रित हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिकाको महत्त्वलाई जोड दिएकी थिइन् ।
कार्यक्रममा महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति शारदा रिजालले दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा (एएए मोडल), प्रदेश ३ पाँचखाल नगरपालिकाको होक्सेमा सुरु गरेको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण गरिन् ।
सो अवसरमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले यस पहलले पाँचखालको आर्थिक संरचनामा परिवर्तन ल्याउने र उपयोग हुन नसकेको स्थानीय स्रोतसाधनको प्रवद्र्धन गर्ने बताए ।
सो कार्यक्रममा नेपालको नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका खेल्नु हुने माननीय मन्त्री, पूर्व मन्त्री, तथा संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद सदस्यज्युहरुको उपस्थिति रहेको थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google