झापाबाट एमालेले किन सार्‍यो केन्द्रीय कमिटी बैठकको स्थान ?

दर्पण दैनिक २४ बैशाख २०८०,१५:५१
post

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठकको स्थान सारिएको छ । एमालेको झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो ।

झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक विशेष कारणवश वैशाख २८ देखि ३० सम्म काठमाडौंमा सरेको बताइएकाे छ ।

बजेट अधिवेशन सुरु भएको र संसदीय गतिविधि कारणले केन्द्रीय कमिटी बैठक काठमाडौं उपत्यकामा नै  गर्ने निर्णय भएको एक नेताले बताए । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: