
काठमाडाैँ । 'मेरा पिक' हिमाल ६ हजार ४ सय ७६ मिटरको सफल आराेहण गरेका चित्रकुमार कार्कीलाई उदयपुरको कटारी बेलसाेतमा स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुर कटारी १ ले गरेकाे विशेष कार्यक्रममा कार्कीलाई स्वागत तथा सम्मान गरिएको हाे ।
कार्यक्रममा, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति, वडा समिति लगाएतकाे उपस्थितिमा सामुहिक सम्मान तथा स्वागत गरिएको कटारी नगर सभापति इन्जिनियर सुरेन्द्र जैसवालले बताए ।
कार्कीले पर्यटकलाई आकर्षण गरौँ, शान्ती र संविधान युवाहरुको अभियान जस्ता नाराहरु लिएर हिमाल चढेका थिए । नेपालभर उल्टो मोटर साइकल यात्रा गरिसकेका कार्कीले यस्तै थुप्रै राष्ट्रिय साहासी युबा प्रतिभा पुरस्कार समेत हात पारिसकेका छन् । कार्कीले विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाएका छन् ।
कार्यक्रममा बाेल्दै कार्कीले भने, 'मान्छेको सबै कुराहरू अस्थायी हुन, तर अस्थायी दुनियाँमा केही न केही स्थायी काम गरेर जानू समाजलाई नयाँ नयाँ उर्जा सहित केही मेसेज दिनु नै सफलता हो ।'
उपहार पुरस्कार नै सबै चिज त होइनन् तर यस्ता कुराले अझै समाजमा सकारात्मक र सिर्जनशील काम गर्ने उर्जा मिल्ने उनले बताए ।
कार्कीले मेरा पिक हिमालमा राष्ट्रिय झण्डा र घण्टीकाे झण्डा फहराएका थिए ।स्वागत गर्दै कार्यक्रमका सहभागीले कार्कीलाई उपस्थित सबैले भविष्यमा अझै सकारात्मक काम संगै देश चिनाउन नयाँ नयाँ अभियान चलाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google