प्रतिनिधिसभाको आजकाे बैठकमा अर्थ तथा विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक र अध्यादेशमाथि छलफल हुँदै छ । बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे छ । आजकाे बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सांसद् खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनेर राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृतिका प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यसैगरी, नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गर्न राखेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद आरेन राईले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तवालाई निर्णयार्थ प्रस्तुत हुनेछ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची छ ।
कृपाराम रानाले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तव निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवायले जनाएकाे छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)


























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google