
काभ्रे । काभ्रे महाभारत गाउँपालिका ३ मा विभिन्न पार्टी परित्याग गरेर आधा दर्जन भन्दाबढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार वडा ३ का उपसभापति ईन्द्रबहादुर मोक्तानको समन्वयमा नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामा र महाभारत गाउँपालिका सभापति सागर मोक्तानले उनीहरु कांग्रेसमा स्वागत गरेका हुन् ।
महाभारत गाउँपालिका ३ बाट माओवादी केन्द्र परित्याग गरि प्रतपसिङ घलान, चिनीमाया मोक्तान, लक्षुमान लामा, राम लामा र रोशन मोक्तानलगायत आधा दर्जन भन्दा बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशी स्थानीय नेता तथा कार्यकर्तालाई मन्त्री लामाले टिका र खादा लगाई स्वागत गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google