एमालेकाे केन्द्रीय कार्यालयमा बाढी पस्यो

दर्पण दैनिक २३ श्रावण २०८०,१३:००
post

काठमाडौं । नेकपा एमालेको केन्द्रीय मुख्यालयमा मनोहरा खोलाको बाढी पसेको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका खोला तथा नदीमा बाढी आउँदा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिस्ठानमा मनोहरा खोलाको बाढी पसेको हो ।

बाढी च्यासल फुटबल मैदानमा पनि पसेको छ । मंगलबार बिहानैदखि काठमाडौंस्थित मनोहरा खोलामा सबैभन्दा ठूलो बाढी आएको छ । मनोहराको बाढीले भक्तपुर र काठमाडौंका कयौँ स्थानमा डुबान भएको छ ।

बाढीका कारण एमाले पार्टी कार्यालयमा केही क्षति पुगेको छ भने च्यासल फुटबल मैदानमा बाढीको एउटा भुल्को नै ओइरिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: