पदाधिकारी छान्न नेएकीकृत समाजवादीमा चुनाव हुँदै, निर्वाचन कार्यतालिका सार्वजनिक

दर्पण दैनिक १० भाद्र २०८१,२०:४५
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिष्टब्युरो कमिटी चयन गर्न निर्वाचन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न चुनाव गर्ने निर्णय गरेको छ । सहमतिबाट पदाधिकारी चयन गर्न कोशिस गरिए पनि सफल नभएपछि चुनावमा जाने निर्णय भएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनमा जाने तयारी भएको जानकारी दिए । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव चयन हुनेछन् । एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहने प्रावधान छ । असार १६–२० गतेसम्म काठमाण्डुमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन भएर पदाधिकारी चयन बाँकी थियो । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: