
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा पनि चुनाव हुने भएको छ । एक पद रहेको महिला उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष जयन्ती राई र निवर्तमान सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू दुवैले मनोनयन दर्ता गरिसकेका छन् । झाँक्रीलाई महासचिव घनश्याम भुसालको समर्थन छ भने जयन्तीलाई माधव नेपालको समर्थन छ ।
जयन्ती हाल एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य छिन् । उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति सभापति समेत हुन् । रामकुमारी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट पराजित भएकी थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google