काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको जिम्मेवारी टुंग्याएको छ । पार्टीकाे मंगलबार बसेको स्थायी कमिटी बैठकले सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । एकीकृत समाजवादीले महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
विभाग प्रमुखहरू
पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा भलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम पाण्डे, मोर्चा संगठन प्रमुख राजेन्द्र पाण्डे, अर्थ विभाग प्रमुख डा. विजय पौडेलले जिम्मेवारी पाएका छन् ।
प्रदेश इन्चार्जहरू
प्रदेश इन्चार्चहरूको समेत जिम्मेवारी टुंग्याइएको छ । प्रदेश इन्चार्जहरूमा कोसीमा राजेन्द्र राई, मधेसमा धर्मनाथ प्रसाद साह, बागमतीमा डा.गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरप्रदेशको इन्चार्जमा भानुभक्त जोशी रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google