कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

दर्पण दैनिक १९ श्रावण २०८१,१५:५२
post

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा कांग्रेस र एमालेकाे गठबन्धन बनेसँगै प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कंडेलले विश्वास मत लिन लागेका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् ।  कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्‌बाट विश्वासको मत पाएका थिए । 


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: