धुलिखेलको जरणडाँडामा जननायक वीपीको शालिक, देउवाले अनावरण गर्ने

दर्पण दैनिक ३ आश्विन २०८१,१४:२५
post

काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका ६ स्थित जरणडाँडामा जननायक वीपी कोइरालाको पूर्णकदको सालिक निर्माण गरिएको छ । २०७१ सालमा शिलान्यास गरिएको सो सालिकको ९ वर्षमा निर्माण सम्पन्न भएको हो । 

पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य एवंम नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले दिएको जानकारी अनुसार सो सालिकको असोज ५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको सालिक बनाउन १५ लाख रुपैयाँ खर्च भएको बताइएको छ । सालिक निर्माण गर्नको लागि प्रतिमा निर्माण मूल समिति गठन गरिएको थियो । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: