अछाम प्रवेश गर्दै ओलीले भने, 'अभियानमा नागरिक सहभागिता देखेर उत्साहित छाैं'

दर्पण दैनिक १६ मंसिर २०८०,१६:३०
post

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफ्नो शासनकालमा देशको अर्थतन्त्र सबल बनाएको दाबी गरेका छन् । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमअन्तर्गत शनिबार बिहान अछामको चौखुट्टेमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबल बन्दै गएको अर्थतन्त्र अहिले पछाडि फकिएकोप्रति चिन्ता व्यक्त गरे । ‘त्यही चिन्ता जाहेर गर्न हामी यो अभियानमा जुटेका छौं,’ ओलीले भने ।


एमालेले सुरु गरेको अभियानमा नागरिक सहभागिता देखेर आफूहरू उत्साहित भएको ओलीले बताए । ओलीले एमालेको अभियानमा सहभागिता जनाउने नागरिकप्रति आभार व्यक्त गरे । देशको उन्नति र प्रगतिमा एमालेको सधैं साथ रहने ओलीले प्रतिबद्धता पनि व्यक्त गरे । ‘यहाँहरूसँग हाम्रो जसरी भेटघाट भएको छ, यस भेटघाटले हामी उत्साहित छौं, हाम्रो आत्मविश्वास बढेको छ, साँच्चै यहाँहरूको जागरणले पुष्टि गर्दछ, नेपाललाई हामी अब समृद्ध बनाउन सक्दछौं, नेपाली जनतालाई सुखी बनाउन सक्दछौं,’ ओलीले भने ।

कार्यक्रममा बोल्दै उनले नेकपा एमाले सरकारमा हुँदा नयाँ काम सुरुवात गरेको स्मरण गराए । महिनावारीका कारण विद्यालय जान नसक्ने छोरीहरूलाई एमाले सरकारकै पालामा सेनिटरी प्याड व्यवस्था गरेको उनले स्मरण गराए । एमालेले यस्ता धेरै नयाँ र विकासका काम गरेको ओलीले बताए ।

विभिन्न रणनीतिक महत्त्वका सडक, अस्पताल, पुल, विद्यालय लगायतका कैयौ संरचना एमालेको पालामा बनेको उदाहरण उनले प्रस्तुत गरे । एमालेले साढे ३ वर्षको अवधिमा थुप्रै विकास कामहरू अभियानका रूपमा सञ्चालन गरेको ओलीले जानकारी दिए ।

संकल्प यात्रा विकासबाट पछाडि परेको मध्यपहाडी भेगका जनता र विकास अवस्था हेर्न आयोजना गरिएको उनले बताए । जनताहरूसँग प्रत्यक्ष संवाद गरी विकासको सम्भावना खोजी गर्न यात्रा आयोजना गरिएको ओलीले बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: